काठमाडौँ – अहिले देशका विभिन्न क्षेत्रमा हाल वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । भोलि सोमबार बागमती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

मङ्गलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।