फाइल तस्वीर

काठमाडौं – पछिल्लो समय मिटरब्याजका कारण पीडित हुनु परेको घटना सार्वजनिक हुँदै आएकोले गृह मन्त्रालयले आगामी भदौ ५ भित्र प्रमाणसहित उजुरी गर्न भन्दै सूचना जारी गरेको छ । विशेषगरी तराईका जिल्लाहरूमा केही समययता मिटरब्याजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै मन्त्रालयले भदौ ५ भित्र त्यस्ता पीडितहरूलाई प्रमाणसहित प्रहरीमा उजुरी गर्न सूचना जारी गरेको हो ।

नवलपरासी पश्चिम प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौं माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटान भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको हो ।