फाइल तस्वीर

काठमाडौं – पार्र्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बसेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागबण्डाको विषयमा छलफल हुने बताइएको छ ।

आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका विषय छलफलको एजेण्डा रहेको अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले बताएको छ । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलमा आएका विषयहरुको जानकारी अध्यक्ष प्रचण्डलाई दिने गरी आजको बैठक अयोजना भएको हो ।

आजको बैठकमा ५ दिने जापान भ्रमण सकेर प्रचण्ड फर्किएपछि स्थायी समिति बैठक बसेर आगामी निर्वाचनमा कसरी जाने र सिट बाँठफाँडको मोडालिटीबारे आएका प्रस्तावबारे छलफल हुने बुझिएको छ । सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेका बेला माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको हो ।