रसुवा – सशस्त्र प्रहरीले रसुवाको गोसाइँकुण्ड गाँउपालिका ५ स्थित गोसाइँकुण्डबाट घर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार गरेको छ ।

बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको विदुर नगरपालिका ११ बस्ने २० वर्षीय साधना प्याकुरेल र धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ३ बस्ने १० वर्षीय निर्जीव दुवाडी रहेको बतँइएको छ ।

लेक लागेर बेहोस भएकोबारे जानकारी प्राप्त भए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्युँमा बोकी धुन्चे अस्पताल ल्याउँदै गर्दा बाटोमै उनीहरुको स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।