काठमाडौं – अभिनेता अनुपविक्रम शाही नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ । मन्त्री निवास पुल्चोकमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको हो ।


उनलाई गृहमन्त्री एवं काङ्ग्रेस नेता बालकृष्ण खाँणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिनुभयो । पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए।

अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि काङ्ग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताउनुभयो ।