काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौं तहमा कार्यरत डा.ओमविजु पन्तलाई सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालयले कोशी अस्पतालमा कार्यरत नवौं तहका डा.पन्तलाई सेवाबाट बर्खास्त गरेको हो ।

मन्त्रालयले लोक सेवा आयोगसँगको परामर्शमा डा.पन्तलाई सरकारी सेवाबाट हटाएको हो । कन्सलटेण्ट रेडियोलोजिष्ट डा.पन्तलाई स्वास्थ्य मन्त्रालयले सेवाबाट हटाउनअघि स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएपछि मन्त्रालयले उहाँलाई भविष्यमा स्वास्थ्य सेवाको लागि अयोग्य नठहरिने गरी हटाएको हो । डा.पन्त बिदा स्वीकृत नगराई २०७५ वैशाख २ गतेदेखि कोशी अस्पतालमा अनुपस्थित रहँदै आउनुभएको थियो । डा.पन्तलाई स्वास्थ्य सेवा ऐनको दफा ७४ अनुसारको कसुरमा कारबाही गरिएको हो ।

ombinoj