काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सङ्घ र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न पाँचदलीय कार्यदलको बैठक जारी छ । बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँडका विभिन्न मोडालिटीबारे छलफल भइरहेको बताइएको छ ।

केही समय बैठकमा सहभागी भएर बाहिरिनुभएका कार्यदल सदस्य समेत रहनुभएका मन्त्री ज्ञानेन्द्रबहादुर कार्र्कीले कार्यदलले पाएको जिम्मेवारी अनुसार चाँडोभन्दा चाँडो जिम्मेवारी पुरा गर्नेगरी आजको बैठकमा विभिन्न मोडालिटीमा छलफल भएको छ । खुलस्त रुपमा छलफल भइरहेको बताउनुभयो ।