काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । ललितपुरको च्यासल स्थित पार्र्टी कार्यालयमा अहिले १२ बजे बस्ने गरी बैठक बोलाइएको बताइएको हो ।

सचिवालय बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुने र सचिवालय बैठकपछि एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिनुभयो । बैठकले केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदा लगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ ।

यसबाहेक आजको बैठकमा समसामयिक राजनीतिक विषयमा समेत पनि छलफल हुने बताइएको छ ।
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा