काठमाडौं – काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ७ सय ४१ जना सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गरेका कारण हिजो बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने १ सय ४९ जना, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय १३ जना, रेड लाइटको पालना नगर्ने १ सय २० जना र नम्बर प्लेट देखिने गरी नराख्ने ३३ जना सवारी चालक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

बाँकी २ हजार ३ सय २६ जना सवारी चालकलाई भने अन्य गल्तीको कारण कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।