काठमाडौं – प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित दुई वटा विधेयक पारित गरेको छ । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्याङ्क विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो ।

उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो । दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी दिनुभयो ।