प्रतिकात्मक तस्वीर

धनगढी – बझाङको बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका तीन सदस्य मृतावस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका–९ रारुमा स्थानीयवासी पुष्कर पार्की परिवारका तीन सदस्य मृतावस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार पुष्करकी श्रीमती २२ वर्षीय गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय मोहित पार्कीको शव फेला परेका हुन् । उनीहरु घरनजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पुष्कर गएराति मात्र भारतबाट घर फर्किएको बताइएको छ । उनलाई अहिले नियन्त्रणमा लिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।