काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताउनुभयो ।

‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब सङ्कलन भएको छ विमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा र्पुयाइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् ।

के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?,’ अधिकारीले प्रश्न गर्नुभयो । उहाँले एक मात्र समाजवादन्मुख कार्यक्रम स्वास्थ्य बिमा कोल्याप्स पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘स्वास्थ्य बिमा कोल्याप्स गर्न पाइन्न । एचआईभी एड्स सङ्क्रमित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्न खोजिएको भन्दै उहाँले सभामुखमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग गर्नुभयो ।