काठमाडौं – नेपाल प्रहरी १ सय ३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले १ सय ३१ जना डीएसपीको सरुवा गर्ने निर्णय गरेको हो ।

यसअघि काज सरुवा भएका डीएसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ । त्यस्तै नेपाल प्रहरी प्रधान कार्यालयले हालै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका ३४ जना डीएसपीहरुको पनि पदस्थापना गरिएको जनाएको छ ।