फाइल फोटो

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किदै हुनुहुन्छ । नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान प्रस्थान गरेको प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उहाँको सचिवालयले जनाएको छ ।

नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा जापान जानुभएका प्रचण्डले त्यहाँको सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवंम नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गर्नुभएको थियो ।

पाँच दिने जापान भ्रमणमा रहँदा उहाँले त्यहाँ रहेका नेपालीहरुसँग भेट्नुका साथै केही कार्यक्रममा सहभागी समेत हुनुभएको थियो ।