काठमाडौं – काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमामा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ ।

आगो निभाउनका लागी दमकल सहित सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।