फाइल तस्वीर


काठमाडौं – सङ्घीय संसदअन्तर्गत रहेको राष्ट्रियसभाको बैठक आज बुधबार बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु हुनेछ ।

आजको बैठक प्रारम्भ भएसँगै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सांसदहरुलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पेस गर्नुहुने छ ।

साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

kadsfmmdg1660107098.jpg