फाइल तस्वीर


काठमाडौ – चीनको तीन दिने भ्रमणमा रहनु भएको नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ परराष्ट्र मन्त्री वाङ यीबीच आज वार्ता हुने भएको छ । नेपालको प्रतिनिधित्व गर्दै चीन पुग्नु भएका परराष्ट्र मन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज बुधबार द्विपक्षीय भेटवार्ता हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हिजो मङ्गलबार ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन पुग्नु भएका परराष्ट्र मन्त्री खड्काका साथ उक्त मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारीहरुको समेत सहभागिता रहेको छ ।

दुई समकक्षी मन्त्रीहरुको भेटवार्ता चीनको छिङताओ सहरमा हुने छ । उक्त वार्तामा दुवै देशको आपसी हितका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । नेपाली टोलीको सम्मानमा चिनियाँ विदेश मन्त्री यीले आजै भोज दिनेछन् । परराष्ट्र मन्त्री खड्कासहितको टोली तीन दिने भ्रमण सही भोलि बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

गत वर्ष नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि नेपालको तर्फबाट उच्चस्तरीय भ्रमण भएको यो पहिलो हो ।