फाइल तस्वीर


काठमाडौं – प्रतिनिधिसभा बैठक आज बुधबार बस्ने भएको छ । काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद भवनमा दिउँसो १ बजेका लागि बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा तथ्याङ्क विधेयक दफावार छलफल गर्न सदनमा प्रस्तुत् गरिने र आजै सो विधेयक पारित गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यसैगरी आजकै बैठकमा शपथसम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत हुने र छलफल पश्चात् पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

खानेपानी तथा सरसफाई विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको सचिवालयले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको उल्लेख गरेको छ ।