फाइल तस्वीर


काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदात गर्ने एक दिन अघि १८ वर्ष पुगेकाहरुले मतदान गर्न पाउने भएका छन् । फोटोसहितको मतदाता नामावलीमा नाम भै मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने आयोगले जनाएको छ ।

आयोगले हिजो मङ्गलबार मतदाताको उमेरसम्बन्धी अन्तिम मितिको टुङ्गो लगाउँदै यस्तो निर्णय गरेको हो । मङ्सिर ४ गते आमनिर्वाचन हुने भएकाले २०७९ साउन १९ गते बिहीबारसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाहरुले मात्रै यस्तो सुविधा पाउने आयोगले बताएको छ ।

निर्वाचन आयोग साउन २० गते शुक्रबारदेखि नयाँ मतदाताको नामावली सङ्कलन गर्ने कार्य स्थगित गरिसकेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया पूरा गरी भदौ ३१ गते बिहीबारका दिन अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कुरा उल्लेख गरिएको छ ।