फाइल तस्वीर

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर गर्नुभएको हो ।

सभामुख सापकोटाले विभिन्न समितिहरुका सदस्यहरु हेरफेर गर्न राख्नुभएको प्रस्तावमा बैठकले सहमति जनाएको थियो । आज हेरफेर गरिएका समितिहरु मध्ये अर्थ समितिको सदस्यमा सांसद रामकुमारी झाँक्री, राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा कृष्णकुमार श्रेष्ठ, सार्वजनिक लेखा समितिको सदस्यमा विरोध खतिवडा र शिक्षा तथा स्वास्थ्य समितिको सदस्यमा धनबहादुर बुढा रहनुभएको छ ।