काठमाडौं – नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरूले नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्न माग गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद जैरूले दलित समुदायको नागरिकतामा नाम बिगार्ने र अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्नुपर्ने बताउनुभएको हो ।

अधिकृतलाई कारबाही गर्न रुलिङ जारी गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गर्नुभएको उहाँले बैठकमा भन्नुभयो, ‘नागरिकतामा कुकुर र कुकुर्नी लेख्ने प्रशासकीय अधिकृतहरूलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस् ।’