फाइल तस्वीर

काठमाडौं – काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४ सय ४९ जना सवारी चालक कारवाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण कारवाही गरिएको जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १ सय ७३ जना, जथाभावी हर्न बजाउने १ सय ३ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, ट्राफिक नियम (रातो बत्ती) को उल्लङ्घन गर्ने ७५ जना र तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना रहेका छन् ।

यस्तै, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८७ जना, सडक लेन उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २० जना चालकलाई पनि कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।