फाइल तस्वीर


काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पदपूर्ति समितिले लोक सेवा आयोगबाट सञ्चालन गर्ने आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

सिटिइभिटीले विभिन्न पदमा पदपूर्तिका लागि २०७६ माघ २४ गते गोरखनपत्रमा प्रकाशित सूचना नं. ०२÷०७६–०७७ को अनुसार दरखास्त दिएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा तालिका प्रकाशित गरेको हो ।

परिषद्लाई यस अघि सर्वोच्च अदालतले २०७६ फागुन ३० गते उत्प्रेषणको आदेशबाट लिखित परीक्षाको कार्यक्रम यथास्थितिमा राख्ने आदेश भएकोमा फेरी २०७९ जेठ १६ मा आदेश बमोजिम उक्त मुद्दा फिर्ता लिइसकेको हुँदा लोक सेवा आयोगबाट परीक्षा सञ्चालन गर्न सहमति भएको जनाएको छ ।unnamed-18-905x1024.jpg