काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले सङ्घ र प्रदेश सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने भएको छ । दल दर्ताका लागि आज दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने बताएको छ ।

दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरूको टोली आयोगमा जाने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता सुरू गरिसकेको छ । आयोगले यहि साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ ।