काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । विभिन्न जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गर्न अहिले बिहान ११ बजे सुरु हुने बैठकको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाऊ आदेश सदनमा पेस गर्ने लगायतको कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

हेर्नुहोस् सम्भावित कार्यसूची: