फाइल तस्वीर


काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज मङ्गलबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनेसहित मध्यम खालको पानी पर्नेछ । देशको मध्यक्षेत्रमा पर्ने बागमती प्रदेशका साथै गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानमा बिहानदेखि हल्कादेखि मध्यम खालको वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणमा अवस्थित रहेको छ । आज दिनभर देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका स्थानमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । भोलि बुधबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।