सिमरा – नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । आज दिउँसो पार्टीको कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

वर्षाका कारण मौसम खराब भई हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ । हेलिकप्टरमा एमाले अध्यक्ष ओलीसहित उहाँका सहयोगी सवार हुनुहुन्थ्यो । मौसममा सुधार नभए ओली सिमराबाट सडकबाटै गौर जानेबारे छलफल भइरहेको बताइएको छ ।