काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जर्मनीका कार्यबहाक राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज सोमबार मन्त्री भुसाल र राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको हो ।

उहाँहरुबीच भएको शिष्टाचार भेटवार्ताका क्रममा जलविद्युतको प्रयोग गरेर रासायनिक मल उत्पादनका लागि जर्मनी प्रविधि प्रयोग गर्ने विषयमा छलफल भएको बताइएको छ ।