साङ्केतिक तस्वीर

पर्वत – पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान मुख्य लाइनको हाइ भोल्टेज विद्युत शाखा लाइनमा करेन्ट लाग्दा स्थानीय अन्दाजी ५० वर्षीया सीता केसीको घटनास्थलमै मृत्यु भएको हो ।

अरु ४ जना घाइते भएका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । हाइभोल्टेजका कारण धाइरिङका झण्डै दुई सय घरका मिटर बक्स जलेको छ ।