प्रतिकात्मक तस्वीर

सप्तरी – सप्तरीको रुपनी गाउँपालिका–२, पिप्राही चोकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८१६७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका स२प ८१६७ नम्बरको मोटरसाइकलका चालक सप्तरीकै शम्भुनाथ नगरपालिका–३ का २५ वर्षीय बिकी चौधरीको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

बा८५प ६१९६ नम्बरको मोटरसाइकलका चालकलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको जनाइएको छ ।