फाइल तस्वीर

काठमाडौं – नेपाल आयल निगमले मापदण्ड विपरीत सञ्चालित मट्टीतेल विक्रेताको प्रमाणपत्र खारेज गर्ने भएको छ । तात्कालीन विक्रेता नियमावली अनुसार तथा विद्यमान पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ (प्रथम संशोधन) परिच्छेद को ३ विनियम १९ तथा अनुसूची ७ बमोजिमको मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी अनुमति पाएका थिए ।

निगमले हाल बिक्रेताले मापदण्डले तोकेभन्दा स्थल कम र उपभोक्ताले सहजै पाउन नसकेको गुनासो आएको जनाएको छ । उपभोक्ताले सजिलोसँगै पाउने व्यवस्था मिलाएर प्रमाणसहित निगमले पेश गर्न आग्रह गरेको हो ।

निगमले जारी गरिएको सूचनामा लेखिएको छ,’ सूचना प्रकाशित भएको ३५ दिनभित्रमा तोकिए बमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाण पेश गर्नुपर्ने छ । तोकिएको समयमा प्रमाण नबुझाएका मट्टितेल विक्रेताको प्रमाणपत्र खारेज गरिनेछ ।’

यस्तो छ निगमको सूचना :