फाइल तस्वीर

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना सङ्क्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बस्नुभएको हो ।
आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिनुभयो । खड्का घरमै आराम गरिरहनुभएको बताइएको छ ।