फाइल तस्वीर

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत रहेको राष्ट्रियसभाको बैठक आज सोमबार बस्दै छ । बैठक काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद्को भवनमा दिउँसो १ बजे सुरु हुनेछ ।

आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

उक्त बैठकमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने छ ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

bu64tvgdw1wavi73_page-00011659916398.jpg