काठमाडौं – प्रतिनिधिसभाले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो ।

छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधिसभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गर्नुभएको थियो ।

सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आगामी बैठक पर्सी मङ्गलवार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।