काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार बैठक दिउँसो १ वजे बानेश्वरस्थित संसद् भवनमा बैठक बस्न लागेको हो ।

उहाँले संसदमा विचाराधीन रहेको विभिन्न विधेयकको बारेमा छलफल हुनुको साथै अगामी चुनावमा दलहरूसँग तालमेलको विषयमा पनि छलफल हुने बताउनुभयो । लोसपाले अगामी सङ्घ र प्रदेशको चुनावमा कुनै न कुनै दलसँग तालमेल गर्ने भनि यसअघि नै निर्णय गरिसकेको छ ।

त्यसका लागि लोसपाले काङ्ग्रेस, एमाले, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल पनि गरेको छ । तर, कुन दलसँग गर्ने विषयमा टुङ्गो लागेको छैन । आज बस्ने संसदीय दलको बैठकले त्यस विषयमा छलफल हुने भएको छ ।