काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेता गिरीको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति भण्डारीले चासो व्यक्त गर्नुभएको हो ।
राष्ट्रपतिका तर्फबाट उहाँका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा.गिरी र उहाँको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभयो ।

ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाएको जानकारी दिनुभयो ।