काठमाडौं – सङ्घीय सरकारले प्रधानाध्यापकको भत्ता तोकेको छ । सरकारले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका प्रधानाध्यापकको मासिक भत्ता तोकेको हो ।

सरकारले गत मङ्गलबार सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका आ.व २०७९/८० मा प्रधानाध्यापकको मासिक भत्ता उल्लेख गरेको छ । प्राथमिक तहका प्रधानाध्यापकलाई २ सय, निम्नमाध्यमिक तहका प्रधानाध्यापकलाई ३ सय र माध्यमिक तहका प्रधानाध्यापकलाई ३ सय रूपैयाँ भत्ता मासिक रूपमा उपलब्ध गराइने कार्यान्वयन पुस्तिकामा उल्लेख छ ।