काठमाडौं – जापान भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोशिमा सङ्ग्राहलयको अवलोकन गर्नुभएको छ । अध्यक्ष प्रचण्डसहितको टोली आज बिहानै हिरोसिमामा पुगेर सङ्ग्राहलयको अवलोकन गरेको उहाँको सचिवालयले जनाएको छ ।

उहाँ आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा केमाइदो यिकीमा हुने अन्तर्क्रिरयामा सहभागी हुने कार्यक्रम छ ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गर्नुभएको थियो । प्रचण्डले शनिबार फुकोओकामा नेपाल फेष्टिबलको उद्घाटन गर्नुभएको थियो ।