साङ्केतिक तस्वीर

गुल्मी – गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको मृत्यु भएको हो ।

आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।