फाइल तस्वीर
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे आज छलफल हुने भएको छ । प्रतिनिधिसभाको आज आइतबार हुने बैठकमा प्रधानन्यायाधीश राणाको महाअभियोग बारेमा छलफल हुन लागेको हो । प्रतिनिधिसभाको बैठक काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद भवनमा बिहान ११ बजे बस्दैछ ।

सङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानन्यायाधीश राणाको महाअभियोगबारे छलफल हुने उल्लेख गरिएको छ । ‘२०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङ्गले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,’ भनि सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।