फाइल तस्वीर
काठमाडौं – जनता समाजवादी पार्टी परित्याग गर्नुभएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा गठित नेपाल समाजवादी पार्टीले एक सय ८९ जनाको केन्द्रीय समिति बनाएको छ । हिजो सम्पन्न पार्टीको पहिलो पूर्ण बैठकले उक्त सङ्ख्याको केन्द्रीय समिति बनाएको हो ।

पार्टीको वरियताक्रम अनसुसार शीर्ष स्थानमा डा.भट्टराई रहनु भएको छ भने दोस्रो अध्यक्षमा महेन्द्र राय यादव रहनु भएको छ । अध्यक्ष भट्टाराईका विश्वासपात्रका रुपमा चिनिदै आउनु भएका नेता गङ्गा श्रेष्ठलाई सहअध्यक्ष बनाइ तेस्रो वरियतामा राखिएको छ । त्यसैगरी डा. भट्टराई पत्नि हिसिला यमीका साथै भक्तबहादुर शाह, दुर्गा सोवगरी तीन जनालाई पार्टीको उपाध्यक्ष बनाइएको छ । उक्त बैठकले पार्टीको महासचिवको जिम्मेवारी भने रमेशप्रसाद यादवलाई दिएको छ ।

हिजो सम्पन्न पूर्व बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमध्ये एक नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पङ्गाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी र सुदूरपश्चिम प्रदेशमा जनक शाहलाई जिम्मेवारी दिइएको छ । यसैगरी गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङलाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।

बैठकले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकताअनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय गरेको छ ।
हिजोसम्पन्न पार्टीको पूर्व बैठकले बनाएको केन्द्रीय समितिको सदस्यमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईकी पुत्री अस्मिता सिंह (मानुषी यमी भट्राई) र भाईबुहारी दुर्गा भट्टराईलाई पनि समेटिएको छ ।