काठमाडौं -  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान प्रस्थान गर्नुभएको छ । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान प्रस्थान गर्नुभएको हो । अध्यक्ष प्रचण्डसँगै उहाँको प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरणसहित जापान प्रस्थान गर्नुभएको छ । 

प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री पम्फा भुसाल, नेताहरु वर्षमान पुन, शक्ति बस्नेत, ओम शर्मालगायतका नेताहरुले प्रचण्डलाई बिदाइ गर्नुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । आइतबार प्रचण्डले हिरोसिमाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उहाँले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ । जापान भ्रमण पुरा गरेर अध्यक्ष प्रचण्ड आगामी बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।