काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अहिले बिहान पाँच बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो ।

भूकम्पक के कति क्षति पुग्यो भन्नेबारे थप विवरण केहीबेरमा आउने भूकम्प मापन केन्द्रले जनाएको छ ।