फाइल तस्वीर

काठमाडौं – सरकारले शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रीपरिषद्का निर्णय सुनाउँदै आज शुक्रवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले निर्वाचन आयोगबाट प्राप्त परामर्शअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ बमोजिम वि.सं २०७९ मंसिर महिनाको ४ गते आईतवारका दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले साउन १ गतेदेखि लागू हुने गरेर निक्षेप सुरक्षणको सीमा ३ लाखबाट वृद्धि गरी ५ लाख रुपैयाँ पु¥याउने, मध्य भोटेकोशी प्रशारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने निर्णय भएको उल्लेख गर्नुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यहरुमा मनोनयन गर्ने, संयुक्त राष्ट्रसंघको प्रधानकार्र्यालयमा मिति २०७९ भदौ १६ मा सञ्चालन हुने तेस्रो युनिस्कोपमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई भाग लिन स्वीकृत दिनेजस्ता निर्णय गरिएको छ ।

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल र लुम्बिनी सांस्कृति भवन निर्माण गर्ने प्रयोजनार्थ लिजमा उपयोग गर्न दिन स्वीकृत दिने, मिति २०७९ कार्तिक ३ देखि ४ गतेसम्म विश्व कृषि स्थानमा हुने स्टेयरीङ कमिटी मिटिङ अफ दी ग्लोवल स्नोल लियोपड एण्ड इकोनोमी सिस्टम प्रोटेक्शन प्रोग्राम सम्बन्धी कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव प्रेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दिनेजस्ता निर्णय गरिएको हो । सुरुङ्गा नगरपालिका सप्तरीकेन्द्र साविक मधुपट्टी हाल सुरुङ्गा नगरपालिका वडा नम्बर ४ मा रहेको ठाउँमा सुरुङ्गा नगरपालिका वडा नम्बर ५ को कुसा कायम गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले २०७९ असोज २७–२८ गतेसम्म इटालीको रोममा आयोजना हुने स्किल राइट्स केयर टाइम टू एक्ट लेसन्स लर्न फ्रम द इमर्जेन्सी सम्बन्धी फोर्थ ग्लोवल मेन्टल हेल्थ समिटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भ्वानीप्रसाद खापुङलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले नेपाल प्रशासन सेवाको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव दीपक काफ्लेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने, नेपाल लेखा परीक्षण सेवाको राजपत्रांकित प्रथम श्रेणीका सहसचिव विन्दु विष्टलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षकमा पदस्थापना गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका यादवप्रसाद कोईरालासमेत ६ जना अधिकृतहरु सरुवा गर्ने निर्णय भएको पनि बताउनुभयो ।

प्रवक्ता कार्कीले केही सञ्चारमाध्यममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्रयापिङ गरी वैतिक गोपनियतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको स्पष्ट पार्नुभयो । उहाँले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनियताको अधिकारप्रति सचेत र यसको सम्मान र संवद्र्धन गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै यस्तो भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।

1.jpg

2.jpg