काठमाडौं – नेपाल कम्युनिस्ट पाटी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६÷६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ । सहमतिपछि जारी संयुक्त वक्तव्यमा किरण र कन्चण्नले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता–कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

समितिमा किरण, सिपी गजुरेल, हरिभक्त कंडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस र धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दिपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला, देवकला अधिकारी सदस्य रहेका छन् ।