फाइल तस्वीर

काठमाडौँ – काठमाडौं । सरकारले सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै आज पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

आगामी मङ्सिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भइसकेकाले गठबन्धनका नेताहरु सीट बाँडफाँडको मोडालिटीबारे छलफलमा जुटेका हुन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस भएको थियो ।

०७४ को निर्वाचनमा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र साङ्गठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउनेबारे गठबन्धनमा छलफल जारी रहेको बताइएको छ ।