फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सुवेदीलाई राज्यमन्त्री सरह हुने गरी प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री देउवाले अमेरिकाको औपचारिक भ्रमणमा जानुअघि परराष्ट्र सल्लाहकारमा सुवेदीलाई नियुक्त गर्नुभएको थियो । सुबेदीले विभिन्न राजनीतिक मामिलामा नियमित विश्लेषण गर्ने गर्नुभएको छ ।


सुवेदीका जल सपना, माया तथा लीला, सपना का गाथाहरू लगायत पुस्तकहरू प्रकाशित छन्। सुवेदीले भूराजनीति र अन्तर्राष्ट्रिय राजनीति, विकास र अर्थतन्त्र, नेपालको छिमेकी देशहरूसँगको सम्बन्ध तथा द्विपक्षीय र बहु सांस्कृतिक गतिशीलता, पूर्वीय दर्शन, नेपालको विकासका सम्भाव्ययता, नेपालको जलस्रोत लगायत विषयहरूमा समेत अध्ययन केन्द्रित गर्नुभएको थियो ।

पछिल्ला वर्षहरूमा सुवेदी सक्रिय राजनीतिबाट अलग भई व्यवसायी, लेखक तथा विश्लेषकमा रूपमा सक्रिय रहदैं आउनुभएको थियो ।