बझाङ – जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत रहेका छन् ।

बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०२००१ख १११९ नं को बसमा सवार उनलाई सो अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीले जाँच गर्दा सो लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ