काठमाडौं – सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले एकैचरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो ।

आउँदो मंसिर ४ गते गर्ने गरी निर्वाचनको मिति घोषणा गरिएको सरकारका प्रवक्ता समेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।