फाइल तस्वीर

नेपालगञ्ज – नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान करिब १५ मिनेटमै आपतकालीन अवतरण गरेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान उडेको १५ मिनेटमै आपतकालीन अवतरण गरिएको थियो । ९ बजेर १५ मिनेटमा उड्नुपर्ने जहाज ९ः४५ मा उडेको थियो ।

नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए ।

बिहीबार बिहान ९ बजेर ४५ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि १५ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको हो । विमानस्थल कार्यालयका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् ।